काठमाण्डौ । तीनवटा संगठन मिलेर आह्वान गर्दा समेत सेयर बजारको कारोबार ठप्प हुन सकेन ।
तीनवटा संगठनको आह्वानविपरीत लगानीकर्ताहरुले खरीद तथा बिक्री बढाइरहेका छन् । संगठनको आह्वानलाई लत्याउँदै लगानीकर्ताको खरीद तथा बिक्री आदेश स्वीकार गरी ब्रोकरहरुले समेत कारोबारको चाजोपाजो मिलाइरहेका छन् ।
आफूहरुको उर्दी विपरीत बजार स्वभाविक अवस्थामा झै चल्न थालेपछि लगानीकर्ताका नेता तनावमा परेका छन् ।
करिब साढे १२ बजेसम्मको अपडेट अनुसार नेप्सेमा ८ करोडको हाराहारीमा कारोबार भइसकेको छ । एकहजार ९९ वटा कारोबारमार्फत १ लाख ८३ हजार ९ सय ३२ कित्ता सेयरको कारोबार भइसकेको छ ।
तीनवटा लगानीकर्ता संघहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी आन्तरिक राजश्व विभागले बोनस र हकप्रद सेयरमा लाभकर वृद्धि तथा अग्रीम कर भुक्तानीको निर्णय फिर्ता नभएसम्म कुनै पनि खरीद तथा बिक्री नगर्न आह्वान गरेको थियो ।
यो अवधिसम्म नेप्से परिसूचक ७.०२ अंकले घटेको छ । यो अवधिसम्म मेगा बैंकले सबैभन्दा बढी १ करोड ४५ लाख बढीको कारोबार गरिसकेको छ ।
यो अवधिसम्म मेगा बैंकले ४.३० प्रतिशतले गुमाइसकेको छ ।
बिमा र उत्पादनमूलक समूहमा सामान्य वृद्धि छ भने बाँकी समूह राताम्मे छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19