काठमाण्डौ । तीन जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरिरहेका छन्।
रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुका लागि आईपीओ निष्कासन गरेको हो। हालसम्म यी तीनवटै कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ। रिलायबल नेपाल लाइफको आईपीओ १.२४ गुणा, सन नेपाल लाइफको आईपीओमा १.००४ गुणा र सिटिजन नेपाल लाइफको आईपीओमा १.०५ गुणा बढी आवेदन परेको छ।
सीडीएससीका अनुसार रिलायबल नेपाल लाइफको आईपीओमा कसद २० हजार ७७० जनाले १४ लाख ९७ हजार ३२० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीको आईपीओमा ३८ करोड ४८ लाख ११ हजार २४० रुपैयाँ संकलन भइसकेको छ। कम्पनीले वैदेशिक रोजगारमा जानेहरुका लागि कुल १२ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो।
यसका साथै सिटिजन लाइफको आईपीओमा कुल १६ लाख ९४२ जनाले ११ लाख ८८ हजार ८० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीको आईपीओमा २८ करोड ९८ लाख ९१ हजार ५२० रुपैयाँ संकलन भइसकेको छ।
सिटिजन लाइफले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल ११ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।
त्यस्तै सन नेपाल लाइफको आईपीओमा १५ हजार ९९ जनाले कुल ९ लाख ६४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीको आईपीओमा कुल २३ करोड ५ लाख २२ हजार ६७० रुपैयाँ संकलन भइसकेको छ। कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल ९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गरेको हो।
यी तीनवटै कम्पनीको आईपीओमा सी–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago