काठमाण्डौ । बजारमा एकसाथ तीन कम्पनीले २ अर्ब १० करोड मुल्यको हाराहारीमा हकप्रद निश्कासनका लागि आवेदन दिएका छन् ।

युनाइटेड फाइनान्स, सिद्धार्थ बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सले हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

युनाइटेडले ५ बराबर १, सिद्धार्थले १० बराबर ३ र लुम्बिनीले १ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गर्ने भएका हुन् ।

युनाइटेड फाइनान्सले १ सय रुपैयाँ अंकित मुल्यका कुल १३ लाख ४५ हजार ४ सय १० कित्ता, सिद्धार्थ बैंकले १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सले ३९ लाख कित्ता निश्कासन गर्ने भएका हुन् ।

हकप्रद निश्कासनमा युनाइटेडका लागि नबील इन्भेष्टमेन्ट बैकिंग लिमीटेड, सिद्धार्थका लागि लक्ष्मी क्यापिटल मार्केट लिमीटेड र लुम्बिनी जनरल इन्स्योरेन्सका लागि सिबिआइएल क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएका छन् ।

यी तीनवटै कम्पनीलले २०७३ चैत २९ गते हकप्रदका लागि बोर्डमा आवेदन दिएका छन् ।