काठमाण्डौ । धितोपत्र बोर्डले तीन बैंक तथा बित्तीय संस्थालाई हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, भार्गव विकास बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई हकप्रद निश्कासनको स्वीकृति दिइएको हो । 

स्वीकृतिसँगै गुहेश्वरीले ४० प्रतिशत, भार्गवले ८० प्रतिशत र नेपाल कम्युनिटीले १२० प्रतिशत हकप्रद निश्कासन गर्नेछन् । 

गुहेश्वरी मर्चेन्ट र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटलले गर्नेछ भने भार्गवको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । 

हाल गुहेश्वरीको चुक्तापूँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि चुक्तापूँजी ६९ करोड ८ लाखको उचाईमा पुुग्नेछ । 

यस्तै, हाल भार्गवको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । चुक्तापूँजीपछि यो बैंकको चुक्तापूँजी ४७ करोड ५२ लाखको उचाईमा पुुग्नेछ । 

यसैगरी, हाल नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको चुक्तापूँजी २२ करोड २९ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि यसको चुक्तापूँजी ४८ करोड ४६ लाखको उचाईमा पुुग्नेछ ।