काठमाण्डौ । दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाण्डौको सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेज ( केएमसी) अस्पतालको सेवा बुधबारदेखि केही दिनका लागि बन्द गरिएको छ।
पीपीई लगाएरै संक्रमित जाँचेका एक चिकित्सक र एक नर्समा संक्रमण सरेपछि संक्रमण फैलिन नदिन नयाँ बिरामी नहेर्ने निर्णय अस्पतालले गरेको हो। अहिले अस्पतालभित्र कसैलाई छिर्न दिइएको छैन।
ट्रेसिङमा फेला परेका अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको मंगलबारै स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको छ। अझै केही स्वास्थ्यकर्मीको बुधबार स्वाब पठाउने तयारी भइरहेको केएमसीकी प्रवक्ता डा। चन्दा कार्कीले जानकारी दिइन्। अस्पतालका अन्य बिरामी र नजिकको समुदायमा समेत संक्रमण फैलिने सम्भावना रहेकाले अस्पतालको सेवा बन्द गर्नुपरेको उनले जानकारी दिइन्।
शल्यक्रियाका लागि तयार राखिएका बिरामी लेभल–३ का अस्पतालमा रिफर गरिने र अन्य बिरामीको स्वाब परीक्षणपश्चात रिपोर्ट नेगेटिभ आएपछि मात्रै बाहिर जान दिइने अस्पतालले जनाएको छ। त्यस्तै रिपोर्ट नेगेटिभ आएपछि मात्र स्वास्थ्यकर्मीलाई काममा फर्काइने बताइएको छ।
अहिले अस्पतालका सबै वार्ड निर्मलीकरण गर्न थालिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago