काठमाण्डौ। वार्षिक शुल्क बुझाएपछि तीन हाइड्रो कम्पनीहरुको सेयर कारोबार आज मंगलबारबाट फुकुवा भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आइतबार सूचीकृतमध्ये सक्रिय कारोबारमा रहेका ५ वटासहित २५ कम्पनीको सूचीकरण विनियमावलीबमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण दोस्रो बजारमा धितोपत्र कारोबार रोक्का गरेको थियो।
नेप्सेले सक्रिय कारोबारमा रहेका मल्टीपर्पोज फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर र हिमाल डिस्टिलरीको सेयर कारोबार रोकेको थियो। जसमध्ये मल्टीपर्पस र हिमालय डिस्टिलरीले आइतबारै नवीकरण शुल्क बुझाएपछि सोमबारबाट सेयर कारोबार फुकुवा भएको थियो।
तीमध्ये बाँकी रहेका अन्य ३ हिमाल दोलखा, जोशी र नेपाल हाइड्रोको सेयर कारोबार भने नवीकरण शुल्क बुझाएसँगे आजबाट फुकुवा भएको हो। अन्य २० कम्पनीहरु भने समस्याग्रहस्त घोषणा भएका कारण वार्षिक नवीकरण शुल्क बुझाएका छ्रैनन्।
नेप्सेले गत असोज १३ गते सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको थियो।
नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनयमावली,२०७५ को अनुसूची ३(क) र (ख) मा भएको व्यवस्थाबमोजिम आ.व.२०७७/७८को वार्षिक नवीकरण शुल्क बुझाउने समय असोजमसान्त तोकिएको थियो। निर्धारित समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने व्यवस्था छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago