– अर्जुन तिमिल्सिना 

काठामाण्डौ । नेपालका जीवन बीमा कम्पनीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल पनि एक हो। यो नेपालमा ज्वाइन्ट भेन्चर कम्पनीअन्तर्गत सन् २००१ देखि सञ्चालनमा रहेको छ। 

यो कम्पनीमा ५५ प्रतिशत सेयर स्वामित्व भारतीय जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसनको रहेको छ भने बाँकी ४५ प्रतिशत नेपाली नगरिकको स्वामित्वमा छ। नेपालीको ४५ प्रतिशतको स्वामित्वमा पनि २५ प्रतिशत विशाल ग्रुपको र २० प्रतिशत सर्वसाधरणको रहेको छ।

हाल नेपालमा यो कम्पनीको ७६ वटा शाखा छन्। जसअन्तर्गत ६ वट उपत्यकामा छन् भने ७० वटा उपत्यकाबाहिर छन्। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनीको चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा ७० करोड ९० लाख रुपैयाँ रहेको छ। कम्पनीको नेटवर्थ १४० रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३७९० रुपैयाँ रहेको छ। ईपीएस ०.२३ रुपैयाँ रहेको कम्पनीको विगत ९ वर्षको वार्षिक औसत लाभांशदर ३३ प्रतिशत रहेको छ। 

कोभिड प्रभावका कारण हरेक वर्ष कमाएको नाफाबाट २० प्रतिशत प्रोभिजन गर्नुपर्ने भएकोले खुद नाफामा असर देखिएको छ।

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजारमा सेयरमूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्।

त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३ र ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ बजार तल जाने संकेत गर्छ।

यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा इन्टरमिडियट डिग्रीअन्तर्गत वेभ ‘सी’  चलेको देखिन्छ। वेभ ‘सी’ फिवोनासीको ०.७८ प्रतिशतसम्मको करेक्सनले यो कम्पनीको सेयरमूल्यमा अहिलेको करेक्सन १०११ सम्म आउन सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। 

यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवामा १८९९ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा १६६६ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा १४७१ रुपैयाँसम्म तथा ०.६१ प्रतिशतको टेवामा १२८४ रुपैयाँसम्म र ०.७८ प्रतिशतको टेवामा १०११ रुपैयाँसम्म हुन सक्नेछ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

विक्ली चार्टअन्तर्गत यो कम्पनीको बोलिंगर ब्यान्डअन्तर्गत हालको अवस्थालाई नियाल्नुपर्दा लामो समयदेखि गिरावट आएको मूल्यरेखाले बोलिंगर ब्यान्डको तल्लो विन्दुलाई छोएर हरियो क्यान्डल बनेको छ। यसले घट्ने क्रम रोकिएको बुझिन्छ। (हेर्नुहोस् कालो एरो)

म्याक्डीमा गत १७ अप्रिलमा बियरिस क्रसओभर बनेको हालसम्म पनि भ्यालिड रहेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा नै छन्।  आरएसआईको अवस्था ३ वर्षपहिलेको न्यून अवस्थामा पुगेको छ। हाल यो कम्पनीको आरएसआई २३ को विन्दुमा रहेको छ।

पिभट विश्लेषण 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १७७३
  • प्रतिरोध २– २१२१
  • प्रतिरोध ३– २३६७

पिभट प्वइन्ट : १५२७

घटेमा सपोर्ट 

  • सपोर्ट १– ११७९    
  • सपोर्ट २– ९३३
  • सपोर्ट ३– ५८५

निष्कर्ष

आधारभूत रुपमा राम्रै रहेको यो कम्पनीको सेयरमूल्य २ वर्षयताकै न्यून मूल्यमा आएको छ। गत २७ मार्चमा २२७५ रुपैयाँको उच्च मूल्य छोएको यो कम्पनी आजको मितिसम्म आउँदा जम्मा ३ महिनामा ५०  भन्दा बढीले गिरावट आएर १११० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

पुँजीको हिसाबले अन्य जीवन बीमा कम्पनीभन्दा कम पुँजी रहेको यो कम्पनी तल्काल मर्जमा जाने सम्भावना कमै देखिन्छ। तर, बीमा समितिले तोकेको पुँजी पुराउन कस्तो क्यापिट प्लान ल्याउँछ त्यो भने अध्यानकै विषय रहेको छ। 

प्राविधिक रुपमा यो कम्पनीको सेयरभाउले बोलिंगर ब्यान्डको तल्लो विन्दुमा पुगेर साइडवेजको बाटो लिएको र हाल इन्टरमिडियट बटम लेभलमा पुगेको देखिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।