काठमाण्डौ । निष्कासनको तेस्रो दिनसम्म प्रभु सेलेक्ट फण्डका इकाइहरु १४५ प्रतिशतले ओभरसब्सक्राइब्ड भएको छ।

प्रभु क्यापिटल लिमिटेडअन्तर्गत सञ्चालित हुने रु. १० अंकित दरमा १ अर्ब रुपैयाँबाराबरको १० करोड इकाइ हिजो जेठ ५ गतेबाट बिक्री खुला गरिएको छ। क्यापिटलका अनुसार हालसम्म यो योजनामा मागभन्दा १४५.६२ प्रतिशत बढी आवेदन परेको हो। योजनामा ५६ हजार ३१२ जना सर्वसाधारण लगानीकर्ताबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रकमबराबरको १३ करोड ६ लाख २० हजार ६०० इकाई खरिदका लागि आवेदन परेको छ।

यो फन्डका १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाइ सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको छ। यो फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। 

इकाइ खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ।