काठमाण्डौ । सोनापुर मिनरल्सको प्राथमिक सेयर तेस्रो दिन पनि पूरै बिक्री  हुन सकेन ।   

यो कम्पनीले निश्कासन गरेको प्रिमियम मूल्यको आईपीओमा तेस्रो  दिन करिब ८८ प्रतिशतभन्दा बढी कित्ताका लागि मात्र आवेदन  परेको छ । प्रिमियम मूल्यमा आईपीओ निश्कासन गरे पनि त्यो महंगो भएको भन्दै कतिपयले बहिस्कारको अभियान चलाएका थिए । तर, त्यस्ता अभियानको खासै प्रभाव देखिएन । 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निश्कासन गरेको थियो । 

तेस्रो  दिन मंगलबार साँझ ५ बजेसम्मको सीडीएससीको डेटाअनुसार ७ लाख ३२ हजार ९५३ आवेदकबाट ८५ लाख ६६ हजार ८४० कित्ता खरिदका लागि आवेदन परेको  छ ।