काठमाण्डौ। नेप्से परिसूूचक ६ प्रतिशतले बढेका कारण आज सोमबारको कारोबार बन्द भएको छ।

नेप्से परिसूूचक ६ प्रतिशतले पोजिटिभ सर्किट लाग्दा दिनभरिको कारोबार नै बन्द हुुन पुुगेको हो।

आज नेप्से परिसूचकमा ४ प्रतिशत र ५ प्रतिशतले बढी क्रमशः २० मिनेट र ४० मिनेट सर्किट ब्रेक लागेकोमा अहिले १ बजे ६.०६ प्रतिशतले नेप्से परिसूूचक बढी भएका कारण यसपश्चात आजको दिनको कारोबार नै बन्द गरिएको हो। 

नेप्सेमा सूूचीकृत कम्पनीहरुमध्ये १३४ कम्पनीका २२ करोड ७२ लाख रुपैयाँ रकम हाराहारीको कारोबार भएको आजको दिन अधिकांश कम्पनीका सेयर मूूूल्यमा उछाल आएको छ।