काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमीटेडले आगामी भदौ ९ गतेदेखि रु. ८ करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो । 

भदौ ९ गतेदेखि खुल्ने आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिसम्ममा पनि सबै कित्ता बिक्री नभए ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिने समय लम्बिन सक्नेछ । 

कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । 

एनआइबिएल एस क्यापिटल लिमीटेडले आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गर्नेछ । 

कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ । 

यो कम्पनीले ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ दिएको छ ।