काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको रु. ८ करोडको आईपीओमा आज भदौ ९ गतेबाट आवेदन खुला गरिएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। यो आईपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्ममा पनि सबै कित्ता बिक्री नभए ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिने समय लम्बिन सक्नेछ।
कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फन्डहरुका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ।
यो कम्पनीले ७.५ मेगावाटको माथिल्लो खोरुंगा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। इक्रा नेपालले यो कम्पनीको आईपीओलाई ग्रेड फोर प्लसको रेटिङ दिएको छ।
पछिल्लो समय आवेदकको संख्या २४ लाखभन्दा बढी पुगेकोले यो आईपीओ पनि गोलाप्रथाबाट वितरण हुने देखिन्छ। त्यसका कारण यो आईपीओमा पनि लगानीकर्ताले १० कित्तामात्र आवेदन दिँदा उचित हुने देखिन्छ।
यो आईपीओ बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19