काठमाण्डौ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार अभिमुखीकरणसम्बन्धी काम गर्न इजाजतपत्र तालिम प्रदायक संस्थालाई तोकिएको मापदण्ड यथाशीघ्र पूरा गर्न निर्देशन दिएको छ। 

विभागले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको छ। ‘केही संस्थाले तोकिएको मापदण्ड पूरा नगरेको देखिन आएको छ’, सूचनामा भनिएको छ, ‘त्यस्ता तालिम प्रदायक संस्थाले यथाशीघ्र अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६मा तोकिएको मापदण्ड पूरा गर्नुपर्छ।’

यसैगरी विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण ७ दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ। अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।