काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी  छ ।

साताको चौथो कारोबार दिन बुधबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको छ ।

चाँदीको भाउ पनि घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार पनि सुनको भाउ ओरालो लागेको थियो । सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो दिनमा सुनको मूल्य निरन्तर घटिरहेको छ । बुधबार चाँदीको भाउ पनि घटेको छ । यो दिन चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८ ५ रुपैयाँमा कारोबार भइरहेको छ ।