►डा. मनोज भट्टराई
तपार्इं हामीमध्ये धेरैले तौल घटाउने अनेक प्रयत्न गरेका छौं । यस क्रममा धेरै मूल्य पनि चुकाएका छौं । तर,तौल बढाउने अभियानमा कति सफल भयौं त रु तौल घटाएर हामी कति स्वस्थ र खुशी भयौं त रु निश्चय नै छैनौं ।
हामी मध्ये धेरै जोशका साथ तौल घटाउने यात्रा तय गर्छांै । तर विस्तारै हतोत्साहित हुन्छौं । केही दिनमै हामी उही एउटै ठाउँमा दिनभर बसिरहने वा भिडियो गेम खेल्ने र टेलिभजन हेरेर बस्ने उही दैनिकीमा फर्किन्छौ । यही बानीले हामीमा मोटोपन निम्त्याएको छ । मोटोपनले मुटुसँग सम्बन्धित रोगमात्र होइन, निन्द्राको स्तर, मुडलगायत स्वास्थ्यसम्बन्धी अन्य समस्या निम्त्याउँछ । अस्वस्थ जीवन शैलीका कारण हामीमा असन्तोष र दुःख पनि बढ्छ ।
एक पटक मनन गरौं त,तौल घटाउन हाम्रा कुनै पनि पुर्खाले व्यायाम र डाइटको तालिका बनाएनन् । किनकि उनीहरु दैनिक ६ देखि १० माइल हिड्ने वा कामको सिलसिलामा हतार–हतार हिड्ने गर्थे । आधुनिक समयमा मानिस औसतमा दैनिक २ माईल भन्दा हिँड्दैनन् ।
अझ उदेक लाग्दो पक्ष त के छ भने स्वास्थ्यका कथित रोलमोडल स्वस्थ भएर जीउन संघर्ष गरिरहेका छन् । धेरै नर्स, चिकित्सक र अन्य स्वास्थ्यकर्मी वास्तवमै मोटा छन् । उनीहरुले दिएका सुझाव सर्बसाधारणले कसरी मान्छन् ।
तौल घटाउने विषयमा भ्रम
तौल घटाउन क्रममा आफ्नो दैनिक भोजन घटाएको भन्ने धेरै मानिसको भनाईले मलाई दिक्क पार्ने गरेको छ । भोकै बस्दा तनाब बढाउने हर्मन जस्तै कोर्टिसोल र इन्सुलिन बढाउने हर्मन निस्कासन हुन्छ । यी हर्मन निस्कासन हुनु भनेको झन् असन्तुलित तौल बढ्नु हो । हामी मध्ये धेरै मानिस भुँडी बाहेकको शरीरमाथि गर्व गर्छौ । भुँडी घटाउने केही अभ्यास पनि गर्छांै । यो त एउटा एकादेशको कथा मात्र हो । शरीर घटाउन समग्र व्यायाम गर्नु पर्छ । एउटा भुँडी घटाउने व्यायामले मात्र तौल घट्दैन । बर्षौंदेखि मानिसहरु एउटा भ्रममा बाँचेका छन् । त्यो के भने मोटो खराब हो । यो वास्तवमा सत्य होइन । सबै मोटो खराब होइन । हट डग्स, दुध, आइसक्रिम, चकलेटका सन्तृप्त फ्याट अस्वस्थ हुन् । तर, एभोकेड, जैतुनको तेल, बदाम, मकैको तेल, सूर्यमुखीको तेल, माछामा पाइने ओमेगा ३ स्वस्थकर फ्याट हुन् । भर्खर जिमहलमा जाने नयाँ मानिसको तुजुक नै बेग्लै हुन्छ । जसका कारण उसको मासंपेसीमा पीडा हुने र निको हुन नै केही दिन लाग्छ । अर्को शब्दमा भन्नुपर्दा यो सहयोगी भन्दा पनि स्वास्थ्यका लागि हानिकारक छ । सातामा दुई–तीन पटक यस्तो अभ्यास गरेर वा दैनिक दुईदेखि तीन माईल कुद्दा मेरो सम्पूर्ण लक्ष्य प्राप्त भयो जस्तो लाग्छ । उचित डाइट र व्यायामका बाबजुद पनि तौल नघट्नुमा धेरै कारण छन् । अपर्याप्त निन्द्रा, तनाब, डिप्रेसन, अत्यधिक एन्टिबायोटिकको प्रयोगले तौलको अप्रत्यक्ष वृद्धि गरेको हुन्छ । त्यसैले हाम्रो जीउने अवस्थाले पनि स्वास्थ्यमा ठूलो प्रभावपारेको पाइन्छ । जस्तै एउटै परिवारमा बस्ने मानिस मध्ये कुनै एउटाले अत्यधिक धेरै खाने वा अन्य अस्वस्थ जीवनशैली अपनाउदा पनि अरुलाई पनि यसको असर हुन्छ ।
तौल घटाउने उपाय
वैज्ञानिकहरुका अनुसार तौल घटाउन व्यायाम, पोषण र स्वाभाव परिवर्तन गर्न आवश्यक छ । पाँच प्रतिशत तौल घटाउनाले मुटु रोगको खतरा र टाइप टु डायबिटिज नहुने वैज्ञानिकहरु बताउँछन् । तसर्थ तौल घटाउने सजिलो तरिका भनेको हामीले लिने क्यालोरीको मात्रा भन्दा पनि शरीरको क्यालोरी उपयोग गर्नु हो । व्यायाम गरेर वाक्यालोरीको मात्रा रोकेर यो सफलता प्राप्त गर्न सकिन्छ । एक पछिल्लो अध्ययन अनुसार क्यालोरीको मात्रा घटाउन भन्दा पनि व्यायाम प्रभावकारी हुन्छ । डाइटिङसम्बन्धी नियम पालना गरेर जो कोहीले पनि तौल घटाउन सक्छ । तर यसले अर्को स्वास्थ्यसम्बन्धी समस्या ल्याउन सक्छ । व्यायामका बाजजुद दैनिक तीन घन्टाभन्दा बढी बस्दा समय नपुगी मृत्यु हुने गरेको तथ्य ५४ देशहरुबाट संग्रह गरिएको अध्ययनले देखाएको छ । दौड, वाइकिङ, भ¥याङ चढ्ने जस्ता व्यायामले तौल घटाउन महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । इन्टरनेट र एप्स भर्सनमा पाईने ७ मिनेट वर्कआउट थोरै समय हुनेका लागि एउटा उपयोगी व्यायाम हुन सक्छ । यस नयाँ आविस्कारले समय थोरै भएको बहानामा व्यायाम नगर्नेलाई सहयोग गर्ने वैज्ञानिकहरुको भनाई छ ।
मोटोपन
खराब प्रकारका खानेकुराहरु जस्तै चिनी, प्रशोधित गेडागुडी, कार्बोहाइड्रेटको उपभोगपछि झन् आशक्ति बढ्ने र भोक बढ्ने हुन्छ । हामीले खाइरहेको खानाको बारेमा थाहा पाइराख्नु महत्वपूर्ण हुन्छ । परिष्कृत र प्याक गरिएका खानेकुरा जस्तै मोनोसोडियम ग्लुटामेटले छातीको पीडा बढ्ने, टाउको दुख्ने, वाकवाकीलाग्ने र श्वास फेर्न गाह्रो हुने गर्छ । दैनिक चार पाँच पटक थोरै–थोरै गरेर खाना खानुपर्छ । फलफूल, गेडागुडी, बदाम, जैतुनको तेल, माछा, न्यून फ्याट भएका खानेकुराले तौल घटाउन सहयोग पु¥याउँछ ।
स्वभाव परिवर्तन
सामान्य स्वभाव परिवर्तनले पनि स्वास्थ्यमा महत्वपूर्ण असर गर्छ । खाना खानु अगाडि एक दुई गिलास पानी पिउने, शरीरलाई हाइड्रेड बनाउने र थोरै तर पटक–पटक खाना र प्रशस्त फलफुलतथा तरकारीले पनि तौल घटाउन सहयोग गर्छ । खानेकुरामा स्वस्थ तरिका अपनाउनुका अतिरिक्त शारीरिक गतिविधिलाई पनि बढाउनुपर्छ ।
जस्तै गाडीलाई पार्किङ लटभन्दा टाढा राख्ने, अफिसको डेक्सबाट टाढा पानीको बोतल राख्ने, बारम्बार उभिने इत्यादि । यसले तपाईंको उर्जा खपत गर्न सहयोग गर्छ । घर भित्र गर्ने शारीरिक गतिविधि, भ¥याङ चढ्ने झर्ने, हिड्ने, जस्ता कार्यले पनि व्यायाम हुने विज्ञहरु बताउँछन् । व्यायामले १२ घन्टासम्म मुड ताजा बनाउँछ । बिहानी व्यायाम स्वास्थ्यका लागि धेरै फाइदा जनक हुन्छ ।
डा.भट्टराई अमेरिकास्थित ब्राउन युनिर्भसिटीका नेफ्रोलोजिस्ट र जेरियाट्रिक अनुसन्धानकर्ता हुन् ।
-Swasthyakhabar
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago