काठमाण्डौ । आर्थिक वर्षको अन्तिम महिना सकिन अब केही दिन मात्र बाँकी छँदा बजार सुुस्ताएको छ । बजारमा खरीदकर्ताको खासै ठूलो चाप छैन । समग्र बजार शिथिल हुँदा मंगलबार नेप्से परिसूचक ३.०१ अंकले घट्यो भने कारोबार रकमतर्फ पहिरो गयो । यो दिन बजारमा ३७ करोड ५९ लाखको मात्र कारोबार भयो ।
बजार परिसूचकमा गिरावट हुनु र त्यसको तुलनामा कारोबार रकमतर्फ पनि पहिरो जानुुले आगामी दिन बजारका लागि अझै चुनौतिपूर्ण हुने विश्लेषक बताउँछन् । लामो समयदेखि थोरै अंकले घटबढ भइरहेको बजारमा एक्कासी कारोबार पनि कमी भएसँगै आगामी दिनमा ठूलै गिरावट आउने हो कि भन्ने त्रासले लगानीकर्तालाई तनावित बनाएको छ ।
मंगलबार होटल र बित्त समूहमा सामान्य बढोत्तरी देखिए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो । वाणिज्य बैंक समूह २.०६, विकास बैंक समूह ४.०१, जलविद्युत समूह १३.४८, बिमा समूह ३३.३६ र उत्पादनमूलक ३.२६ अंकले घटे । होटल समूह १५.३४ अंकले बढ्यो भने बित्त समूहमा ०.११ अंकको झिनो बढोत्तरी देखियो ।
यो दिन ''क'' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले घट्यो भने समग्र कारोबार समेत खस्किदा फ्लोट इण्डेक्समा ०.२५ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
मंगलबार बजारमा १ सय ४२ कम्पनीका ६ लाख ६४ हजार २ सय ९१ कित्ता सेयर ३७ करोड ५९ लाख ७६ हजार ४ सय ९० रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ५१ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २१ लाख, कुमारी बैंकले १ करोड ६२ लाख, सेञ्चुरी कमर्सियल बैंकले १ करोड ३६ लाख, सानिमा बैंकले पनि १ करोड ३६, सिद्धार्थ बैंकले १ करोड १५ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थान वाणिज्य बैंक, एक स्थान बिमा कम्पनी र एक स्थान अन्य समूहले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार पनि धेरै कमाउनेमा फरवार्ड माइक्रो फाइनान्स नै अगाडि देखियो । यो कम्पनीको सेयर मूल्य ८.१३ अंकले बढ्यो । सिर्जना फाइनान्स बित्तीय संस्थाले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य साढे ५ प्रतिशतको हाराहारीमा घट्यो । कुमारी बैंक लिमीटेडले पनि ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमायो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago