काठमाण्डौ । भारतको सबैभन्दा ठूलो स्वतन्त्र उड्डयन सेवा र एमआरओ प्रभुख एयर वर्क्सले नेपालमा काठमाण्डौबाट अन्तर्राष्ट्रिय बाहकहरुलाई लाइन मर्मत सेवा प्रदान गर्न थालेको छ। 

कम्पनीले काठमाण्डौस्थित सिरिस एयरक्राप्ट मेन्टेनेस रिपेयर एन्ड ओभरहल प्राइभेट लिमिटेडसँग प्राविधिक सहकार्य गर्न तयार भएको हो। जसले नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसको मुख्य लाइन मर्मत सेवाहरु प्रदान गर्ने भएको छ। 

सिरिस एयरक्राफ्ट एमआरओ (एसएएमआरओ)समूहको भाग हो। जसले ३० वर्षभन्दा बढी नेपाल उड्डयन व्यवसायमा सेवा दिएको छ। जसले प्रमुख उत्पादकहरु र प्रसिद्ध उड्डयन र एमआरओ कम्पनीहरुसँग हवाई मर्मत सेवा र समर्थन प्रदान गर्न सहकार्य गरिरहेको छ। 

एसएएमआरओ नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलिया उपस्थितिसहित कार्य गर्ने पहिलो निजी र स्वतन्त्र स्वीकृत मर्मत संस्था (एएमओ) हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग मन्त्रालयलगायतबाट इजाजतपत्र प्राप्त यो संस्थाले लाइन मर्मत, आवधिक निरीक्षणलगायत प्राविधिक हान्डलिङ सेवाहरु सञ्चालन गर्नुका साथै अन्तर्राष्ट्रिय विमानस्थलमा भएका सानातिना कमजोरीहरु सुधार गर्न लागि नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएको छ।