काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले चैत २० गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखा सूचना निकालेर त्रिविको पठनपाठन बन्द हुने जानकारी गराउको हो। विगत केही दिनदेखि वायुमण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भएकोले यस गम्भीर अवस्थालाई दृष्टिगत गरी आउँदो शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ। 

पठनपाठन बन्द भए पनि प्रशासनिक कार्यहरु पनि यथावत रुपमा सञ्चालन हुने सूचनामा जानकारी गराइएको छ। 

यो अवधिमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार परीक्षा भने सञ्चालन हुने पनि सूचनामा प्रस्ट पारिएको छ। 

सरकारले हिजो देशभरका सबै शिक्षणसंस्थाहरु मंगलबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको थियो।