काठमाण्डौ । भ्रष्टाचार निवारणमा साझा प्रतिबद्धता आवश्यकता र चुनौती, विषायक गोष्ठी आयोजना गरी त्रिभुवन विश्वविद्यालयको हलमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस मनाइएको छ।

त्रिभुवन विश्वविद्यालयको ‘सुशासन एवं भ्रष्टाचार निवारण’ संकायका स्नातकोत्तर तहका विद्यार्थीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा सहभागी अतिथीहरुले भ्रष्टाचार निवारणमा साझा प्रतिबद्धता लेखिएको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको सुरुआत गरिएको हो । प्राडा शिवराज अधिकारीले भ्रष्टाचार निवारण विषयमा प्रशिक्षण दिएका थिए । नेपाल सरकारका पूर्व सूचना आयुक्त कृष्णहरी बास्कोटा, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, भ्रष्टाचार निवारण अभियानका संस्थापक भरत जंघमलगायतले भ्रष्टाचार निवारणको विषयमा मन्तव्य दिएका थिए।

सम्पूर्ण वक्ताले नेपालमा भ्रष्टाचार बढ्दै गएको र हरेक तहमा बलियो कानुन बनाएर सदाचारलाई प्रोत्साहन गरी भ्रष्टाचारलाई दुरुत्साहन गर्नुपर्नेमा जोड दिएका थिए। ट्रान्सप्यारेन्सी इन्टरनेसनलका अनुसार नेपाल भ्रष्टाचारी मुलुकको सूचीमा ११७ औँ स्थानमा छ।
उक्त कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयको सुशासन एवं भ्रष्टाचार निवारण विभाग प्रमुख प्राध्यापक योगेश रंजितले गरेका थिए। आयोजकका तर्फबाट स्वागत मन्तव्य हरिबहादुर खत्रीले राखेका थिए।, उपस्थित सबैलाई धन्यवाद मन्तव्य सिर्जना अधिकारीले राखेकी थिइन्। समारोहको उद्घोषण विशाल गैरेले गरेका थिए।