काठमाण्डौ । छिमेकी मुलुक भारतमा बितेको २४ घन्टाको अवधिमा थप ९० हजार ६०० जनाभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा भारतमा ९० हजार ६३३ जना कोरोना संक्रमित थपिएका हुन्। यो भारतमा एकैदिन थपिएको संक्रमितको संख्या हालसम्मकै उच्च हो।

यीसँगै भारतमा कोरोनाबाट संक्रमित हुने संख्या ४१ लाख १३ हजार ८१२ पुगेको छ। तीमध्ये हालसम्म ७० हजार ६२६ जनाको ज्यान गइसकेको छ।

त्यसो त भारतमा बितेको २४ घन्टामा ७० हजार ७२ जना संक्रमित निको भएका छन्। यो संख्या पनि एक दिनमा निको हुनेमा हालसम्मकै उच्च हो।