काठमाण्डौ । गत २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा देशभर थप ३ हजार ४७९ मा कोरोना संक्रमण पुष्टि भएको छ । जब कि यो अवधिमा देशभरबाट ६ हजार ६३६ संक्रमित निको भएका छन् । 

प्छिल्लो २४ घण्टामा देशभर १० हजार ४७१ न्मूनाको पीसीआरबाट र ३ हजार २६२ नमूनाको एन्टीजेनबाट परीक्षण गरिएको थियो । सो क्रममा पीसीआर गरिएकामध्ये ३ हजार २४ वटा नमूना र एन्टीजेन गरिएकामध्ये ४५५ जनामा संक्रमण पुष्टि भएको हो । 

यो अवधिमा काठमाण्डौ उपत्यकामा १ हजार १३१ संक्रमित थपिएका छन् । काठमाण्डौ जिल्लामा ७३१, ललितपुरमा २५४ र भक्तपुरमा १४६ संक्रमित थपिएका छन् । 

देशभर सक्रिय संक्रमितको संख्या समेत घटेर ८९ हजार २१७ मा सीमित बन्न पुगेको छ । यीमध्ये होम आइसोलेसनमा ८२ हजार ७०३ र ६५१४ जना संस्थागत आइसोलेसनमा छन् । देशभर १४४२ संक्रमित आइसियूमा उपचाररत रहेका छन् र तीमध्ये ३८१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

आइतबारसम्म नेपालमा कोभिड संक्रमणबाट मुक्त हुने दर ८३.५ प्रतिशत पुगेको छ भने गत २४ घण्टाको अवधिमा थप ९९ संक्रमितको ज्यान गएको छ । 

स्वास्थ्य मन्त्रालयले हरेक दिन संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या बढ्दै गएको र यसले थोरै भए पनि आशा पलाएको बताएको छ । तथ्यांकले समेत दैनिक संक्रमणदर कम हुँदै गएको देखाउने मन्त्रालयका अधिकारीहरुको भनाई छ ।