काठमाण्डौ । लामो समयपछि देशमा कोरोना संक्रमितको थपिएको संख्याभन्दा डिस्चार्जको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४७३ को पीसीआर टेस्ट गर्दा १ हजार ४१ मा संक्रमण पुष्टि भएको छ । यही अवधिमा देशभरबाट १ हजार ५६६ जना डिस्चार्ज भएका छन् । यसरी निकै दिनको अन्तरालमा कोरोना संक्रमितको थप संख्या भन्दा डिस्चार्जको संख्या बढेको देखिएको हो ।
डिस्चार्ज हुनेको संख्या बढेसँगै कोरोनामुक्त हुनेको दर समेत बढेको छ । जसअनुसार शुक्रबार ५८ प्रतिशतमा सीमित निको हुने दर बढेर ६० प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमित हुनेको संख्या २७ हजार १२७ पुगेको हो ।
यो अवधिमा काठमाण्डौ उपत्यकामा ४०८ संक्रमित थपिएका छन् । सबैभन्दा बढी काठमाण्डौ जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा भएको टेस्टसहित हालसम्म देशमा भएको पीसीआरको कुल टेस्ट संख्या ७ लाख ५७ हजार ९६३ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा ९ संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या २८० पुगेको मन्त्रालयले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago