काठमाण्डौ। नेपालमा आइतबार थप एकजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति जारी गर्दै थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो। मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार उदयपुरको भुल्केनिवासी ४३ वर्षीया एक महिनामाथि कोरोना संक्रमण पुष्टि भएको हो।

विराटनगरस्थित कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता अधिकारीले जानकारी दिए। उनको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको उनले बताए।

ती महिलासँगै प्रदेश १ मा संक्रमितको संख्या ३२ पुगेको छ। जुन देशैभरि अन्य प्रदेशको तुलनामा बढी हो। 

संक्रमितमध्ये ३१ जना निको भइरसकेका छन् भने अन्यको उपचार भइरहेको छ।