काठमाण्डौ। नेपालमा आज बुधबार थप एकजना कोरोना संक्रमित फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो। ती पुरुष बाँकेको नेपालगन्ज वडा नं. ८ का बासिन्दा हुन्।
संक्रमित ती पुरुषको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २१८ पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19