काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) सँगै थप दुई लघुवित्त संस्थाले आईपीओ निष्कासनको अनुमति मागेका छन्।
आत्मनिर्भर लघुवित्त र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेबोनसँग आईपीओ निष्कासनको अनुमति मागेका हुन्। आईपीओ निष्कासनको अनुमति माग्र्दै आत्मनिर्भरले गत चैत २१ गते र अभियानले चैत ३० गते आवेदन दिएका छन्।
सेबोनले अनुमति दिएमा आत्मनिर्भर २ करोड ३ लाख ३८ हजार रुपैयाँ र अभियानले ९ करोड ७५ लाख रुपैयाँ बढीको आईपीओ जारी गर्नेछन्।
आत्मनिर्भरले १०० रुपैयाँ अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ र अभियानले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछन्। आईपीओ बिक्री प्रबन्धकमा आत्मनिर्भरको सनराइज क्यापिटल र अभियानको मुक्तिनाथ क्यापिटल रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19