काठमाण्डौ । बजारको नियामक धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जसँग बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयको प्रगति विवरण मागेको छ ।
बोर्डले आफूबाट दिइएका, तर कार्यान्वयन नभएका निर्देशनहरुको विषयमा नेप्सेसँग प्रगतिविवरण मागेको हो ।
तोकिएको मापदण्ड पूरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत सेयर खरीदबिक्री गर्न पाउने गरी ब्रोकर लाइसेन्स दिने तथा संघीय संरचना अनुसार प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्ला तथा स्थानहरुमा (काठमाण्डौ बाहेक) स्थानीय स्तरमा ब्रोकर लाइसेन्स दिने विषयको अपडेट मागिएको छ ।
यस्तै, बोर्डले धितोपत्र बजारका लगानीकर्ताहरुको हित संरक्षण कोष स्थापना गर्ने र धितोपत्र बजारका लगानीकर्ताहरुको हित संरक्षणका लागि विद्यमान कानूनी व्यवस्थामा सुधार गर्ने सम्बन्धमा समेत अपडेट मागेको छ ।
बोर्डले कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, सामाजिक सुरक्षाकोष तथा धितोपत्र व्यवसायीहरुलाई सेक्युरिटिज डिलरहरुलाई प्रवेश गराउने सम्बन्धमा अध्ययन गरी बोर्डमा सिफारिस गर्ने विषयमा समेत प्रगति विवरण बुझाउन भनेको छ ।
नेप्सेलाई ओटीसी बजारलाई गतिशील बनाउन प्रविधिमैत्री बनाई संचालन गर्न समेत निर्देशन दिइएको छ ।
यस्तै, स्वचालित सेयर कारोबार प्रणाली(नट्स)लाई बैंक र सिडिएसएलको प्रणालीमा पूर्ण रुपमा आवश्यक गरी संचालन गर्ने तथा नट्समा देखिएका समस्याहरुको सम्बन्धमा बोर्डले गरेको अध्ययन प्रतिवेदनका आधारमा समाधान गर्न समेत निर्देशन दिइएको छ ।
यस्तै, सिस्टम अडिटमा समावेश गर्ने उपयुक्त हुने मापदण्डहरुको विषयमा समेत बोर्डले तागेता गरेको छ ।
यसैगरी, भौतिक रुपमा न्यूनतम कित्ता ग्रहण गरेका लगानीकर्ताहरुको सेयर कारोबार गरी अभौतिकरण गर्न समेत निर्देशन दिएको छ ।
धितोपत्र दलाल व्यवसायीहरुका लागि सुपरीवेक्षण सम्बन्धी कार्यविधिलाई अन्तिम रुप दिई कार्यान्वयन गर्न समेत बोर्डले निर्देशन दिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago