काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा गरी १२ संक्रमितको मृत्यु भएको हो । 

पछिल्लो पटक मृत्यु हुनेहरुमा ३ महिला र ९ पुरुष रहेका छन् । 

पाल्पाकी ३० वर्षीया, काठमाण्डौकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो । 

यस्तै, मृत्यु हुने पुरुषहरुमा पर्साका ४८ र ३९ वर्षीय, सिरहाका ८४ वर्षीय, गोरखाका ३८ वर्षीय, कास्कीका ५८ वर्षीय, काठमाण्डौका ८३ वर्षीय, ललितपुरका ७२ वर्षीय र ६१ वर्षीय गरी २ जना र भक्तपुरका ८२ वर्षीय रहेका छन् । 

योसहित कोरोनाबाट नेपालमा ज्यान गुमाउनेहरुको संख्या २०७ पुगेको छ । कुल पहिचान भएका कोरोना संक्रमितको तुलनामा मृत्युदर ०.५५ प्रतिशत रहेको छ ।