काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका प्रयोगशालामा ३ हजार १२२ जनाको नमुना परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ। 

पछिल्लो २४ घन्टामा ८२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या भने २ लाख ७२ हजार ६१२ पुगेको छ। 

हाल १ हजार ३४१ जना संक्रमित छन्। कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ रहेको छ।