काठमाण्डौ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या हिजोको तुलनामा बढेको छ। 

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारसम्म थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै मंगलबारसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ।

पछिल्लो २४ घन्टामा ११५ जना संक्रमणमुक्त भएका छन्। यीसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ। हाल १ हजार ३९० जना संक्रमित छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। मृतकको संख्या हालसम्म ३ हजार ३० पुगेको छ।