काठमाण्डौ । देशभर थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५ हजार ३७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २१८ जनामा र ५ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा ६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ९८ हजार ८४९ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १ हजार २८६ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ। 

यो अवधिमा थप २९ जनाको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ९ हजार ३२० पुगेको छ।