काठमाण्डौ । पछिल्लो २४ घन्टामा थप १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म देशभर ६ लाख ६५ हजार ७७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ। 

संक्रमितमध्ये काठमाण्डौ उपत्यकमा ४२४ जना रहेका छन्। जसमा काठमाण्डौमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना छन्।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ। योसँगै निको हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ। 
कोरोनाबाट थप ३४ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ९ हजार ९ पुगेको छ।