काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टा थप २ हजार २९९ मा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर पछिल्लो २४ घन्टामा ६ हजार ५६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३९१ जनामा र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ६ लाख ७८ हजार ८०८ पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ ४२३ जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौका ३१६ जना, ललितपुरका ७८ जना र भक्तपुरका २९ जना छन्। 

यो अवधिमा थप ३ हजार ४५१ जना निको भएर डिस्चार्ज भएका छन्। निको हुनेको कुल संख्या भने ८ लाख ३ हजार ६०० पुगेको छ। 

पछिल्लो २४ घन्टामा देशभर थप ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ९ हजार १७९ पुगेको छ।

हालसम्म देशभर २६ लाख ४ हजार ८६६ जनाले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका छन्। दोस्रो डोज लगाउनेको संख्या भने ७ लाख ५७ हजार ६३५ रहेको छ।