काठमाण्डौ । काठमाण्डौ उपत्यकामा १ हजार ५१ सहित मुलुकभर पछिल्लो २४ घन्टामा थप २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार पीसीआर परीक्षण गर्दा २ हजार २२० र एन्टिजेन परीक्षणबाट १३१ जना गरी कुल २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि भएकामध्ये उपत्यकाका ३ जिल्लामा मात्रै १ हजार ५१ जना छन्। जसमा काठमाण्डौमा मात्रै ७८६ जना, ललितपुरमा १८१ जना र भक्तपुर ८४ जना छन्।