काठमाण्डौ । पछिल्लो २४ घन्टामा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ७ हजार ५१७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जनामा र ४ हजार ८८९ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा गरी कुल २ हजार ४०७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १८५ पुगेको छ। 

यो अवधिमा काठमाण्डौ उपत्यकामा थप ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौका ४८२ जना, ललितपुरका ११२ जना र भक्तपुरका ५८ जना छन्। 

पछिल्लो २४ घन्टामा थप ३ हजार ९९४ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै कुल संक्रमितमुक्त हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ।

हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित छन्। तीमध्ये ६४ हजार ७४४ जना होम आइसोलेसनमा र ५ हजार २११ जना संस्थागत आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा थप ४६ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ८ हजार ४१२ पुगेको छ।