काठमाण्डौ । देशभर थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ७ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जनामा र ४ हजार ९९७ जना एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा ३३५संक्रमित थपिएका छन्। जसमा काठमाण्डौका २३४ जना, ललितपुरका ६८ जना र भक्तपुरका ३३ जना छन्। 

यो अवधिमा थप २ हजार ५१८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप २४ जनाको मृत्यु भएको छ। मृतकको कुल संख्या ८ हजार ९१८ पुगेको छ।