काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार मुलुकभर ८ हजार ७९८ आरटी–पीसीआर परीक्षण गर्दा २ हजार ४४९ जनामा र ८६६ जनाको एन्टीजेन परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म कोरोनाबाट २ लाख ९४ हजार ६०१ जनामा कोरोना पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै ९४० जनामा कोरोना पुष्टि भएको छ। जसअनुसार काठमाण्डौ जिल्लामा ७६० जना, ललितपुर १०६ जना र भक्तपुरमा ७४ जनामा संक्रमण पुष्टि भएको छ। 

यो अवधिमा ४१० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ। अझै पनि मुलुकभर सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ। 

पछिल्लो २४ घन्टाको अवधिमा थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार १२२ पुगेको छ।