काठमाण्डौ । देशभर थप २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ७ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६४५ जनामा र ४ हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ८७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ८५ हजार ३६१ पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौका ३७८ जना, ललितपुरका १२४ जना र भक्तपुरका ६० जना छन्।

यो अवधिमा थप थप २ हजार २११ जना निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ। निको हुने दर ९४.६ प्रतिशत पुगेको छ। 

देशभर पछिल्लो २४ घन्टामा थप २३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। योसँगै मृतकको कुल संख्या ९ हजार २४८ पुगेको छ।