काठमाण्डौ । देशभर थप २ हजार ७६० जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ७ हजार १३० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५७ जनामा र ३ हजार ८५५ जनाको एन्टिजेन परीक्षण गर्दा ९०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ५०९ पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा ४१९ जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौका ३१६ जना, ललितपुरका ७४ जना र भक्तपुरका २९ जना छन्। 

यो अवधिमा थप ४ हजार १७ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ६ लाख १४९ पुगेको छ। 

पछिल्लो २४ घन्टामा थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ९ हजार १४५ पुगेको छ।