काठमाण्डौ । देशभर पछिले २४ घन्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ८ हजार ६८७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १४ जनामा र ४ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप ३ हजार ८२ जना निको भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ।
यो अवधिमा काठमाण्डौ उपत्यकामा थप ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौ ३५४ जना, ललितपुरका ६६ र भक्तपुरका ७९ जना छन्।
हाल देशभर सक्रिय संक्रमित १०.१२ प्रतिशत रहेको छ।
यो अवधिमा थप ५२ जनाको कोरोना संक्रमणबाट निधन भएको छ। योसँगै मृतकको कुल संख्या ८ हजार ५५८ पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago