काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ३३२ जनामा संक्रमण पुष्टि भएको हो। जसमा उपत्यकाका तीन जिल्लाका मात्रै १६८ जना छन्। पछिल्लो २४ घन्टामा काठमाण्डौमा मात्रै १३९ जना, ललितपुरमा २२ र भक्तपुरमा ७ जना कोरोना संक्रमित थपिएका छन्। 

यीसँगै हालसम्म नेपालमा कोरोनाबाट २ लाख ७९ हजार १०० जना संक्रमित भएका छन्। 

यो अवधिमा ७९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ।

हालसम्म कोरोनाबाट ३ हजार ३८ जनाको ज्यान गइसकेको छ।