काठमाण्डौ । पछिल्लो २४ घन्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ९९०१ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८७४ जनामा र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख १९ हजार ४०४ पुगेको छ।

पछिल्लो २४ घन्टामा उपत्यकामा थप ७६४ जनामा कोरोना पुष्टि भएका छन्। जसमा काठमाण्डौका ५४० जना, ललितपुरका १२५ जना र भक्तपुरका ९९ जना छन्।

यो अवधिमा थप ५ हजार २९३ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ। योसँगै निको हुने दर ८५.७ प्रतिशत पुगेको छ। 

पछिल्लो २४ घन्टामा थप ५९ जनाको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ८ हजार २३८ पुगेको छ। मृत्यु दर भने १.६ प्रतिशत रहेको छ।