काठमाण्डौ । देशभर थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ८७० जनामा र ५ हजार ६११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २८३ जनामा गरी कुल ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यो अवधिमा काठमाण्डौ उपत्यकामा थप १ हजार २२६ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका ८३६ जना, ललितपुरका २६९ जना र भक्तपुरका १२१ जना छन्।

देशभर हालसम्म कुल संक्रमितको संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ६ हजार ५७० निको भएर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५ लाख ४ हजार ५३० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमित १३.९० प्रतिशतमात्र रहेका छन्।

पछिल्लो २४ घन्टामा थप १०८ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ८ हजार ९८ पुगेको छ।