काठमाण्डौ । देशका विभिन्न पाँच जिल्लामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ४६ पुरुष र एकजना महिला गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा गरिएको प्रयोगशालामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, मोरंगको विराटनगरमा एक पुरुष, गुल्मीका ४१ वर्षीय एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणको क्रममा धनुषा, रौतहट, दाङ, धादिङका गरी ४ पुरुषमा समेत कोरोना संक्रमण भेटिएको छ ।
संक्रमित ४ पुरुष १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् ।
सबैको स्थायी ठेगाना र हालको ठेगाना अनुसारको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ ।
यसरी कुल संक्रमित संख्या ३५७ पुगेको छ ।
हालसम्म पुष्टि भएका कुल संक्रमितमध्ये पुरुष २९८ र महिला ५९ रहेका छन् । हालसम्म ३६ जना निको भई घर फर्किसकेका छन् । २ जना संक्रमितको मृत्यु भइसकेको छ ।
हालसम्म प्रदेश १ मा ४० जना, प्रदेश २ मा १३२ जना, बागमतिमा एक मृत्युसहित १८ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा एक मृत्युसहित १५९ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना गरी कुल ३५७ जनामा संक्रमण भेटिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार फागुन मसान्तसम्म नेपालमा १ जना मात्र संक्रमित फेला परेका थिए । यो संख्या चैत मसान्तसम्म पुग्दा १२ रहेको थियो ।
बैशाख मसान्तसम्म बढेर २१९ पुगेकोमा जेठ लागेपछि विभिन्न क्षेत्रमा संक्रमितको संख्या ह्वात्तै बढेसँगै कुल संख्या ३५७ पुगेको हो । यसरी हेर्दा जेठको ५ वटा दिनमा १३८ नयाँ संक्रमित थपिएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago