काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा थप ६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो अवधिमा १७ हजार १४७ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार २८५ जना र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८०० जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ। 

यो अवधिमा काठमाण्डौ उपत्यकामा १ हजार ५५८ जनाका कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका मात्रै १ हजार ६० जना, ललितपुरका २८३ जना र भक्तपुरका २१५ जना छन्। 

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ। 

पछिल्लो २४ घन्टामा थप ६ हजार ८९८ जना निको भएर डिस्चार्ज भएका छन्। यीसँगै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ। 

यो अवधिमा थप ६८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ७ हजार ४५४ पुगेको छ।