काठमाण्डौ । गत २४ घण्टामा कोभिड १९ का ८ हजार ३०५ संक्रमित थपिएका छन् ।
देशभर पीसीआर विधिबाट २१ हजार ६९५ र एन्टीजेनबाट ३९२ को नमूना परीक्षण गर्दा कुल ८ हजार ३०५ मा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा थप ६ हजार ५४३ संक्रमित निको भएका छन् । यो अवधिमा १९० संक्रमितको ज्यान गएको छ ।
बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ भने निको हुने दर ७५.१ प्रतिशत रहेको छ । कुल मृत्यु संख्या ५ हजार ८४७ पुगेको छ भने मृत्युदर १.२० प्रतिशत रहेको छ ।
यो अवधिमा काठमाण्डौ जिल्लामा थप २ हजार ६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ संक्रमित थपिएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago