काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार बढी कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ९ हजार २४७ जना कोरोना संक्रमित थपिएका हुन्। यो अवधिमा २१ हजार ६५३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार १९८ जनामा र ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ। 

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ९८ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका २ हजार ३४६ जना, ललितपुरमा ४५४ जना र भक्तपुरमा २९८ जना छन्।

यो अवधिमा थप ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २१४ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोना मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ।