काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज २३.३२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २४२८.७५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.२८ अंकले घटेर ४५५.९४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार मुक्ति अर्याल तरलता संकटका कारण बजार कमजोर बनेको बताउँछन्। ‘राष्ट्र बैंकको पछिल्लो निर्देशनले लगानीकर्ता थप मनोवैज्ञानिक प्रभाव परेको देखिन्छ’, उनले भने।
बजार केही समयमा फर्किन पनि सक्ने अर्यालको भनाइ छ। ‘लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘चुनाव आउँदैछ र आगामी आर्थिक वर्षको बजेट पनि बन्दैछ। यी कुराले बजार फर्किन्छ भन्ने आशा गर्न सकिन्छ।’
बजार एउटा लेभलमा पुगेर कुनै पनि बेला फर्किन सक्ने अर्यालको तर्क छ। अहिलेको अवस्थामा लगानीकर्ताहरुले सचेत भएर बजारमा कारोबार गर्न पनि उनले सुझाव दिए।
अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि तरलता संकटकै कारण बजारमा गिरावट आइरहेको बताउँछन्। विस्तारै तरलता सहज हुँदै जाँदा बजार सम्हालिन सक्ने उनको भनाइ छ।
वैशाख लागेपछि चुनावी महौल पनि सुरु हुने र सरकारले गर्ने खर्च पनि बढ्ने हुँदा बजारमा सकारात्मक प्रभाव पर्न सक्ने घिमिरेको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.०६ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.३७ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशतले बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक २.७६ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह १.६६ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०६ प्रतिशत, विकास बैंक समूहमा १.२५ प्रतिशत, जलविद्युत समूहमा १.१८ प्रतिशत, वित्त समूहमा १.६२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.६२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३९ प्रतिशत, लघुवित्त समूहमा १.१२ प्रतिशत र जीवन बीमा समूहमा ०.७४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ४३ लाख ७२ हजार १७१ कित्ता सेयर १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ९ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। राष्ट्र उत्थान लघुवित्तको ९ करोड ४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ६ करोड ७० लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ३१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ३८ लाख रुपैयाँ, निफ्राको ४ करोड १५ लाख रुपैयाँ, नागरिक लगानी कोषको ४ करोड ९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ कोड ८९ लाख रुपैयाँ र नेपाल बैंकको ३ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको थियो।
धेरै कमाउने र धेरै गुमाउने
आज नेष्डो समृद्धि लघुवित्तका सेयरधनीहरुले सर्वाधिक कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago