circuit breaker
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार कारोबार सुरु भएको पौने घण्टामै सर्किट ब्रेकर लागी कारोबार बन्द भएको पूँजीबजारमा सोमबार समेत त्यस्तै अवस्था सिर्जना भएको छ ।
कारोबार सुरु भएको ५४ मिनेटमै बजार परिसूचक ३ प्रतिशत भन्दा बढीले झरेपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट बे्रकर लगाई कारोबार स्थगन गरेको हो ।
सोमबार बजार खुल्ने बित्तिकै सूचकमा पहिरो जाने क्रम तीव्र बनेको थियो । सर्किट ब्रेकर लाग्ने अवस्थासम्म पुुग्दा बजार परिसूचक ४४.१७ अंकले तल झर्दै १४२५.३१ अंकमा आइपुुगेको छ ।
होटल समूहमा सबैभन्दा धेरै ७.४९ प्रतिशतको गिरावट देखिएको छ भने वाणिज्य बैंक र बिमा समूहमा समान ३.४९ प्रतिशतले पहिरो गएको छ । बजारका अन्य परिसूचकहरुमा समेत ठूलै पहिरो गएको छ ।
लगातार बजारमा पहिरो गएपछि लगानीकर्ता मनोबल गिरेको छ । यही कारण आफूसँग भएको सेयर घाटामै भए पनि बिक्री गर्ने हतारो देखाउँदा बजारमा दैनिकजसो सर्किट ब्रेकर लगाउनुपर्ने अवस्था आएको हो ।
सोमबार सर्किट ब्रेकर लगाउनुुअघिसम्म १४ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । बजारमा सेयर बिक्रीको चाप उच्च छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago