काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा भारी गिरावट आएको छ।
आज बजार ४१.७७ प्रतिशतले घटेको हो। योसँगै नेप्से परिसूचक २३४३.८७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.८२ अंकले घटेर ४४४.१५ को विन्दुमा ओर्लेको छ। आज डेढ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट लगानीकर्ताको मनोबल कमजोर हुँदै बजार दैनिक घटिरहेको बताउँछन्। ‘बजारको घटाइ अझै नपुगेको जस्तो देखिन्छ’, उनले भने, ‘तर, बजार छोटो समयमै फेरि माथि नै जान्छ। किनकि आयात रोकिँदा र विकास खर्च बढ्दा तरलता सहज हुन्छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि ९० प्रतिशतभन्दा तल आउन सक्छ।’
अहिले धेरै लगानीकर्ताहरु निष्क्रिय अवस्थामा बसेको बिष्ट बताउँछन्। ‘तेस्रो त्रैमासको रिपोर्ट आउन थालिसकेको छ, यसका साथै बीमा कम्पनीहरुको क्यापिटल प्लान पनि छिट्टै आउने सम्भावना छ’, उनले भने, ‘यिनै कारणले बजार फेरि फर्किने सम्भावना छ।’
सक्रिय लगानीकर्ता केशव कोइराला (काका) अहिले बजार घट्नुपर्ने कुनै कारण नै नरहेको बताउँछन्। ‘अहिले बजारमा नयाँ लगानीकर्ता र ट्रेडर धेरै छन्’, उनले भने, ‘तिनै नयाँ लगानीकर्ता र ट्रेडरले आत्तिएर सेयर बेच्दा बजार घटेको हो जस्तो लाग्छ।’
कोइराला अहिले सेयर बेच्ने बेला नरहेको बताउँछन्। ‘अहिले सेयर बेच्नेहरु केही समयपछि पछुताउनुपर्ने अवस्था आउँछ’, उनले भने।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
आज वित्तीय समूह सर्वाधिक ३.४४ प्रतिशतले ओरालोले लागेको छ। निर्जीवन बीमा समूह ३.०९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.०४ प्रतिशत, व्यापार समूहमा ०.५३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६३ प्रतिशत, जलविद्युत समूहमा २.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.६७ प्रतिशत, अन्य समूहमा २.८६ प्रतिशत, लघुवित्त समूहमा ०.७६ प्रतिशत, जीवन बीमा समूहमा २.०४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७६ प्रतिशत र लगानी समूहमा २.०१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५६ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नबिल बैंकको सर्वाधिक ४ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज महालक्ष्मी विकास बैंकको ४ करोड ५० लाख रुपैयाँ, निफ्राको ३ करोड ७२ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको ३ करोड ६८ रुपैयाँ, अप्पर तामाकोशीको ३ करोड ५८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरले ३ करोड २९ लाख रुपैयाँ, शिवम सिमेन्टले ३ करोड १७ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ३ करोड ९ लाख रुपैयाँ र एचआईडीसीएलको २ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज पनि नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन् । यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago