काठमाण्डौ । सेयर बजारमा मंगलबार भारी अंकको गिरावट आएको छ।
बजारमा आज ३८.८१ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक १८३७.६० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७ अंकले घटेर ३५८.८७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार महेश रिजाल अहिले २–३ वटा कारणले बजार घटेको बताउँछन्। मुख्यगरी बैंकको ब्याजदर बढ्नु र बैंकरहरुले ब्याजदर १८ प्रतिशतसम्म पुग्छ भन्ने समाचार आइरहनुले बजार घटेको रिजालको भनाइ छ।
अहिले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्जको अनुमति लिन पैसाको जोहो गर्दा पनि बजारमा गिरावट आएको रिजाल बताउँछन्। ‘अहिले चाडपर्वको सिजन सुरु भएकोले दसैँ खर्च जोहो गर्ने काम पनि भइरहेको देखिन्छ’, उनले भने, ‘असोज मसान्तको प्रभावले पनि बजार ओरालो लागेको देखिन्छ।’
सक्रिय लगानीकर्ता निमानन्द कँडेल पनि ब्याजदर बढ्दा लगानीकर्ताको मनोबल घटेको बताउँछन्। बजार दसैँअघिसम्म साइडवेजमै चल्ने र दसैँपछि बजारमा सानोतिनो बाउन्स आउन सक्ने उनको अनुमान।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ३.८३ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ३.३७ प्रतिशतले घट्दा विकास बैंक समूहमा ३.२ प्रतिशत, बैंकिङ समूहमा १.५५ प्रतिशत, व्यापार समूहमा २.६४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३९ प्रतिशत, निर्जीवन बीमा समूहमा १.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.०६ प्रतिशत, अन्य समूहमा ०.९८ प्रतिशत, लघुवित्त समूहमा २.४७ प्रतिशत, जीवन बीमा समूहमा १.७७ प्रतिशत, म्युचुअल फन्डमा ०.९८ प्रतिशत र लगानी समूहमा ३.१९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ५ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ४ कराड ७३ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड २६ लाख रुपैयाँ, अपी पावरको ३ करोड ४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ४२ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ३० लाख रुपैयाँ, गोर्खाज फाइनान्सको २ करोड २७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ११ लाख रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको २ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
आज कालिका पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago